तेलेगु कप थ्रिलर 'हिट'को हिन्दी संस्करण बन्ने भएको छ। बुधवार रिमेक घोषणासँगै फिल्ममा राजकुमार रावको मुख्य अभिनय रहने बताइयो।
'होमिसाइड इन्टर्भेन्सन टिम' (हिट)ले एक प्रहरी जवानको कथा भन्छ जसले एक हराएको घटनामा संलग्नताको आरोप खेप्दै हुन्छन्। फिल्ममा विश्वके सेन र रुहानी शर्माको मुख्य अभिनय रहेको छ।
शैलेश कोलानुको निर्देशन रहने फिल्म बारे राजकुमार रावले भनेका छन्,'मैले हिट पहिलोपटक हेर्दै त्यस फिल्मसँग कनेक्ट भएँ। एउटा कलाकारको रुपमा मैले त्यस्तो पात्र फिल्ममा देखें जुन सधैं गर्न चाहेको थिएँ। अन्तत; फिल्मको लागि अवसर पनि पाएको छु।'
हिटमा मुख्य पात्र विगत् र वर्तमान अवस्था बीचको द्विविधामा हुन्छ। उक्त पात्रलाई रावले न्याय नदिन सक्ने निर्देशक कोलानुको अनुभव छ। उनले सन् २०११ मा 'सैतान' हेरेदेखि रावसँग काम गर्न चाहेको समेत जनाएका छन्।
हिटको नयाँ संस्करणको प्रि प्रोडक्सनको काम सुरु भइसकेको छ। फस्टपोस्टले जनाए अनुसार फिल्म छायांकनको लागि सन् २०२१ को सुरुवातदेखि फ्लोरमा निस्कनेछ।
