PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुदूरपश्चिममा थपिए १९ जना कोरोना संक्रमित



एम बम

सुदूरपश्चिममा थपिए १९ जना कोरोना संक्रमित

कैलाली : सुदुरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको हो। सात जना महिला र १२ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सवैभन्दा वढी कञ्चनपुरको वेतकोट नगरपालिकाका ११ जना रहेका छन्। त्यसमा एक महिलासहित १० पुरुष रहेका छन्। त्यसैगरी कैलालीको टीकापुरका एकै वडाका चार जना महिलामा पनि कोरोना पुष्टि भएको छ। उनीहरु सबै जना टीकापुर वडा नम्बर १ का बासिन्दा हुन्।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका दुई सय ३६ नमुनामध्ये अछामको चौरपाटीका दुई जना महिला र साफेवगरका दुई जना पुरुष रहेका छन्। योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नौ सय ७५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell