सुर्खेत : कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधवार थपिएका नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १४ जना, दैलेखका ३ जना, सल्यानका दुई जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, जुम्ला र अछाममा एक/एक जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, चौरजहारी रुकुमपश्चिममा गरिएको परीक्षणमा सल्यानका ३ जनामा पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
योसँगै कर्णालीमा परीक्षण गरिएका संक्रमितको संख्या १ हजार ७ सय १४ पुगेको छ भने, निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ७५ जना पुगेको छ।