PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

एन्फाको वेबसाइट 'रिलञ्च', फुटबल सम्बन्धी सबै सूचना राखिने



पहिलोपोस्ट

एन्फाको वेबसाइट 'रिलञ्च', फुटबल सम्बन्धी सबै सूचना राखिने

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नो अफिसियल वेभसाइट रिलञ्च गरेको छ। राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतको उपस्थितिमा एन्फाले वेभसाइट रिलञ्च गरेको हो।

कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सूचनालाई सहज गरी पाउने वातावारण मिलाउने प्रतिबद्दता ब्यक्त गरे।

सूचना आयोगका आयुक्त गुरुङले नेपालका अधिकांश वेभसाइट अपडेट नहुने उदाहरण दिँदै तुरुन्त अपडेट गरेर पारदर्सिता कायम राख्नु चुनौती हुने बताए। यसमा एन्फा अध्यक्ष शेर्पाले पारदर्शिता भन्न सजिलो गर्न गाह्रो हुने बताए। यद्यपि अव फुटबलसँग सम्वन्धित सूचनाका लागि साइटलाई चुस्त र पारदर्शी बनाउने प्रतिबद्धता दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell