PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पाकिस्तानले त्रिवि शिक्षण अस्पताललाई दियो एम्बुलेन्स उपहार



पहिलोपोस्ट

पाकिस्तानले त्रिवि शिक्षण अस्पताललाई दियो एम्बुलेन्स उपहार
फाइल फोटो।

काठमाडौं : पाकिस्तानले त्रिवि शिक्षण अस्पताललाई दुई वटा एम्बुलेन्स सहयोग गरेको छ। नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जाभेदले अस्पतालका कार्यकारी निर्देशक डा रोहित कुमार पोख्रेललाई बुधवार दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

अस्पतालको ३८ औँ वार्षिकोत्सवको अवसरमा सो एम्बुलेन्स हस्तान्तरण गरिएको पाकिस्तानी दूतावासले जनाएको छ। सो अवसरमा दूतावासका उच्च ओहदाका कूटनीतिज्ञ तथा अस्पताल कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा कार्यकारी निर्देशक पोख्रेलले एम्बुलेन्स सहयोगको दूतावासलाई धन्यवाद दिए। सो एम्बुलेन्स काठमाडौं तथा आसपासका स्थानहरुका बिरामीको सेवामा प्रयोग गरिने उनले बताए। सो सहयोगले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउने उनको भनाइ थियो।

विगतमा पनि दूतावासले एम्बुलेन्स सहयोग गरेको स्मरण गर्दै डा पोख्रेलले आगामी दिनमा पनि यसले निरन्तरता पाउनेमा आफू आशावादी रहेको बताए।

राजदूत जाभेदले आगामी दिनमा नेपाली अस्पताल विशेषगरी त्रिवि शिक्षण अस्पताल र पाकिस्तानी स्वास्थ्य पूर्वाधारबीचको समन्वय बढ्दै जानको विश्वास व्यक्त गरे। नेपाल र पाकिस्तानबीच सद्भाव र मित्रतापूर्ण गहिरो सम्बन्ध रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell