PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

अयोध्या अभिव्यक्तिपछि ठोरीबासी खुशी : गाउन थाले राम भजन, पुरातात्विक उत्खनन गर्न माग



राधेश्याम पटेल

अयोध्या अभिव्यक्तिपछि ठोरीबासी खुशी : गाउन थाले राम भजन, पुरातात्विक उत्खनन गर्न माग

ठोरी : नेपाल र भारतबीच केही समयदेखि चिसिँदै गएको सम्बन्ध पुनः तरंगित भएको छ।

गत सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले श्री रामको जन्मभूमि पर्साको ठोरीमा रहेको बताएपछि यस विषयमा दुवै राष्ट्रमा विवाद उत्पन्न भएको छ।

प्रधानमन्त्री ओलीले पर्साको ठोरीमा रामको जन्म भएको अभिव्यक्ति दिएसंगै राम नेपालका ज्वाई हुन की छोरा हुने भन्ने विषयमा सर्वसाधारणले अडकलबाजी शुरु गरेका छन्। भारतले भने ओलीको अभिव्यक्तिको खण्डन गरिरहेको छ। परराष्ट्र मन्त्रालयले भने ओलीको अभिव्यक्ति राजनीतिसँग नजोडिएको भन्दै स्पष्टीकरण दिइसकेको छ।

रामायणमा रामराज्यपछि भगवान रामले सीतालाई वनवासमा पठाएको उल्लेख छ। महर्षि बाल्मिकीको आश्रममा माता जानकीले श्रय लिएको एवं पुत्र लवकुशको जन्म एवं बाल्यकालको शिक्षादिक्षा तथा अश्वमेध यज्ञको घोडा समेत समातेको उल्लेख छ। यो सबै पौराणिक तथ्यले रामको सम्बन्ध त्रेता युगदेखि नेपालको पर्सा,चितवन र नवलपरासीको रहेको पुष्टि हुने स्थानीयले दाबी गरेका छन्।

बाल्मिकी आश्रम नेपालको चितवनको माडी नगरपालिका वडा नं १ मा पर्दछ भने त्यसको संरक्षणमा सरकारले यसअघि ध्यान नदिएको स्थानीय बताउँछन्। प्रधानमन्त्री ओलीले बल्ल रामायणलाई सम्झेपछि पर्सा–चितवन–नवलपरासीका जनतामा धार्मिक उर्जा थपिएको बताइएको छ।

ओलीको अभिव्यक्तिपछि अन्तर्राष्टिय हिन्दू समुदायमा नेपाल बारे भगवान रामको अनौठो तथ्य बाहिरिएपछि सबै जना चकित बनेका छन्।

नेपाली काँग्रेस महासमिति सदस्य एवं ठोरीका बासिन्दा वृहस्पिति कृष्ण श्रेष्ठले महर्षि बाल्मिकीको बाल्मिकी आश्रम क्षेत्र ठोरीमा भगवान रामको जन्म भएको हुन सक्ने दाबी गर्छन।

उनले भने,‘प्रम ओलीले धार्मिक पुरातात्विकविदहरुको तथ्यको अधारमा नै बोलेको हुन पर्दछ,जनकपुर पर्सा,ठोरी,बाल्मिीकी आश्रमसंग रामसीताको पौराणिक सम्बन्ध रहेको अनुभूति संसारलाई छ,यसलाई नकार्न सकिदैन।’

यदि पुरातात्विक विज्ञहरुले यहाँको सय किलोमिटर क्षेत्रको आसापासको क्षेत्रलाई गम्भिरता पूर्वक उत्खनन गरेर हेर्ने हो भने अवश्य पनि रामायणसंग सरोकार राख्ने धेरै तथ्यहरु भेटिने सम्भावना रहेको उनको दावी छ।

सदियौंदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नै भगवान रामको जन्म भएको भारतको सर्बोच्च अदालतले निर्णय गरेपछि नेपालको प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले अन्तर्राष्टिय जगतको हिन्दूहरु माझ पुनः औन्यलता सृजना गरेको देखिन्छ।

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि ठोरीबासी हर्षित हुँदै रामको जन्मभूमि भएको भन्दै भजनकिर्तन र जय श्रीरामको नारा समेत लगाउन थालेको स्थानीय रामशरण लामिछानेले बताए।

ठोरीवासीका अनुसार सीताको जन्मभूमि जनकपुर पर्साको ठोरी र लवकुश जन्मेको बाल्मिकी आश्रमलाई संरक्षण तथा यस भेगको पुरातात्विक क्षेत्रको पहिचान गरी उत्खनन गर्दै राम सीताको जीवनसंग सम्बन्ध राख्ने तथ्यललाई विश्व सामु प्रस्तुत गर्नु पर्ने आवश्यक रहेको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell