PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राष्ट्रपतिको निर्देशन: फजुल खर्च नियन्त्रण गरी विकास निर्माणका काम समयमै सम्पन्न गराउ



पहिलोपोस्ट

राष्ट्रपतिको निर्देशन: फजुल खर्च नियन्त्रण गरी विकास निर्माणका काम समयमै सम्पन्न गराउ

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सुशासन र पारदर्शितामा जोड दिएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले फजुल खर्च नियन्त्रण गरी विकास निर्माणका कार्य समयमा नै सम्पन्न गराउन भूमिका खेल्न निर्देशन दिइन्।

सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्न गराउन महालेखा परीक्षकबाट हुने लेखा परीक्षणले ठूलो महत्व राख्ने उनको भनाई थियो।

आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न मद्दत पुग्ने बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो गहन संवैधानिक दायित्व निर्वाह गर्न महालेखा परीक्षकको कार्यालय सफल हुने विश्वास व्यक्त गरिन्।

महालेखा परीक्षक टंकमणि शर्मा दंगालले शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई पेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell