काठमाडौं : यौन दुर्व्यवहार गरेको अभियोगमा सशस्त्र प्रहरी बलका एक जना एसएसपी पक्राउ गरेका छन्।
एसएसपी राजेन्द्र अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले नियन्त्रणमा लिएको हो। एक महिलाले एसएसपी अधिकारीले बलात्कार गरेको मौखिक जानकारी प्रहरीलाई दिएपछि प्रहरीले एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएको हो।
‘सय नम्बरमा कल आएपछि हामीले घटनास्थल पुगेर नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
सशस्त्र प्रहरीको तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीले कार्यालयमा नै महिलालाई बलात्कार गरेको आरोप लगाएकी हुन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ। थप अनुसन्धान सुरु भएको एसपी श्रेष्ठले जानकारी दिए।
