PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सवारी पास दुरुपयोग गरी उपत्यकाभित्र यात्रु भित्र्याउने एक चालक पक्राउ



पहिलोपोस्ट

सवारी पास दुरुपयोग गरी उपत्यकाभित्र यात्रु भित्र्याउने एक चालक पक्राउ

काठमाडौं : स्थानीय प्रशासनबाट लकडाउनको समयमा जारी भएको सवारी पास दुरुपयोग गरेर यात्रु बोक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले तनहुँ व्यास नगरपालिका वडा नम्बर ४ घर भएका ३८ वर्षीय ओमबहादुर दरैलाई पक्राउ गरेको हो।

दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ च ६५४५ नम्बरको टाटा सुमो गाडी जाँच गर्दा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका प्रवेश पास प्रयोग गरी पटक पटक ‍अनावश्यक रुपमा यात्रु ओसारपसार गर्ने गरेको खुलेपछि चालक दरैलाई नियन्त्रणमा लिएको हो।

चालक दरै उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell