PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

वीरगंजमा कोरोना संक्रमितको अचानक मृत्यु, १५ दिन अघि बैङ्लोरबाट आएका थिए घर



राधेश्याम पटेल

वीरगंजमा कोरोना संक्रमितको अचानक मृत्यु, १५ दिन अघि बैङ्लोरबाट आएका थिए घर

वीरगंज : बुधवार अपरान्ह साढे ४ वजे वीरगंज १४ स्थित गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना ३६ वर्षीय युवकको मृत्यु भएको छ। रौतहटको परोहा नगरपालिकाको क्वारेन्टाइनमा असार २४ गते भर्ना भएका युवकको मृत्यु भएको हो।

उनी असार २४ गते भारतको बैङ्लोरबाट आएका र परोहा नगरपालिकामा भर्ना भएका थिए। असार २९ गते स्वास्थ्यमा अचानक समस्य आएपछि उनको स्वाब संकलन गरी हेटौँडा परिक्षणको लागि पठाइएको थियो।

उनलाई थप उपचारको लागि वीरगंजको अस्थायी कोभिड अस्पतालमा पठाएकोमा बुधवार बिहान साढे ६ बजेदेखि उनको श्वासप्रवासमा गडबडी आएको थियो। चिकित्सकको प्रयास पछि पनि उनलाई बचाउन नसकिएको अस्थायी कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए।

उनले भने, ‘ती युवकको हेटौँडा ल्याबबाट पोजेटिभ रिपोर्ट आएको थियो। आज साढे ४ बजे उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उनको सीपीआर गर्दा पनि बचाउन सकिएन।’

ती युवक १५ दिन अघि भारतको बैङ्लोरमा अचानक मृत्यु भएका दाइको अन्तिम संस्कारका लागि त्यहाँ पुगेका थिए। उनका दाइको मृत्यु पनि कोरोना संक्रमणबाट भारतमा भएको हुन सक्ने अनुमान गरिएको छ।

उनको कुनै परीक्षण भएको थिएन तर उनको दाईसँग प्रत्यक्ष सम्पर्क भएकोले भेटघाटले उनमा पनि कोरोना संक्रमण भएको हुन सक्ने चिकित्कसको भनाइ छ। चिकित्सकहरुले पछिल्लो समय नेपालमा भित्रिएका कोरोना संक्रमण घातक तथा प्राण लिने खालको लक्षण देखिएकोले सर्वसाधारणमा सवाधानी अपनाउन आग्रह गरेका गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell