PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

डीआइजी शाही र कार्की एआइजी बढुवामा सिफारिस

डीआइजी शाही र कार्की एआइजी बढुवामा सिफारिस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल प्रहरीमा रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवाका लागि दुई डीआइजीको नाम सिफारिस भएको छ। 
डीआइजीद्वय निरजबहादुर शाही र प्रधुम्म कार्कीको नाम सिफारिसमा परेको हो।

शाही पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका छन्।

सिफारिसमा परेका दुवै जना प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीसँगै सेवा प्रवेश गरेका हुन्। थापा महानिरीक्षकमा नियुक्त र अर्का एआइजी तारणीप्रसाद लम्साल ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि दुई दरबन्दी रिक्त थियो।

२०४९ वैशाख १९ मा नेपाल प्रहरीमा प्रवेश गरेका एउटै समूहका हरिबहादुर पाल यसअघि एआइजी भइसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell