PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

च्याम्पियन लिभरपुल आर्सनलसँग पराजित



पहिलोपोस्ट

च्याम्पियन लिभरपुल आर्सनलसँग पराजित

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल आर्सनलसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा उपाधि विजेता बनिसकेको लिभरपुलले २-१ गोलअन्तरले पराजय ब्यहोरेको हो।

खेलको २० औं मिनेटमा रोबर्टसनको पासमा सार्डियो मानेले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर ३२ औं मिनेटमा अलेक्जेन्ड्रे लकाजेट्टेले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ४४ औं मिनेटमा रेइस नेल्सनले गोल थप्दा आर्सनलले पहिलो हाफमा अग्रता बनायो। र, दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा उनको गोल नै निर्णायक बन्यो।

जितसँगै आर्सनल ३६ खेलबाट ५३ अंक जोड्दै ९ औं स्थानमा उक्लिएको छ। लिग च्याम्पियन बनिसकेको लिभरपुल भने ९३ अंकसहित शीर्षस्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell