PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

एकै घरका पाँच जना बेपत्ता हुनेगरी झर्‍यो पहिरो



पहिलोपोस्ट

एकै घरका पाँच जना बेपत्ता हुनेगरी झर्‍यो पहिरो
फोटोः श्रीधर न्यौपानेको फेसबुकबाट

काठमाडौं : सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिकामा गए राति पहिरोमा परी पाँच जना वेपत्ता भएका छन्।

राति साढे १ बजेतिर आएको पहिरोले भोटेकोशी गाउँपालिका ४ स्थित एकै घरका पाँच जना मानिस वेपत्ता भएका हुन्। पहिरोमा परी एउटा घर पूर्णरुपमा क्षति भएको छ भने अर्को घरमा आंशिक क्षति भएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

'एक जना दाइको घर पूर्णरुपमा क्षति भएको छ। एकजना बाहेक घरका अन्य पाँच सदस्य बेपत्ता हुनुहुन्छ। पहिरोले पुरेको आशंकामा खोजी भइरहेको छ,' अध्यक्ष पौडेलले भने।

पहिरोले पुरिएको घरका एक सदस्य भने काठमाडौंमा नै भएको खुलेको छ। त्यस्तै, पहिरोले गाउँमा रहेको एक विद्यालयमा समेत क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell