PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

अपहरण शैलीमा बालिकालाई होटेलमा लगेर करणी गर्न खोज्ने समातिए



पहिलोपोस्ट

अपहरण शैलीमा बालिकालाई होटेलमा लगेर करणी गर्न खोज्ने समातिए
फाइल फोटो

काठमाडौं : एक बालिकालाई अपहरण गरेर करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मङ्गलवार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय कपिल गुरुङ, २२ वर्षीय योगेश थकाली, १९ वर्षीय पुकार गुरुङ र १८ वर्षको सुशील गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले जानकारी दिए।

उनीहरूले मङ्गलवार बिहान करिब साढे ६ बजे पोखरा महानगरपालिका वडा नम्बर २ स्थित सहारा अस्पतालको अगाडिबाट बालिकालाई जवर्जस्ती गाडीमा लिएर गएको प्रहरीले जानकारी दिएको छ। निलो रङ्गको कारमा आएका उनीहरूले गाडीमा राखेर लेकसाइड स्थित एक होटेलमा लगी करणी गरेको आरोप लागेको छ।

घटना भएको जानकारी पाएपछि प्रहरीले बिहान पौने १२ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर १८, लामागाँउबाट गाडीसहित मानिस नियन्त्रणमा लिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र करणी सम्बन्धी कसुरमा अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell