PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जहाँ कोभिड १९ कै कहरमा ९९ डाक्टरको गइसक्यो ज्यान



पहिलोपोस्ट

जहाँ कोभिड १९ कै कहरमा ९९ डाक्टरको गइसक्यो ज्यान

मुम्बई : कम्तिमा पनि ९९ जना चिकित्सकको कोरोना भाइरसका कारण मृत्यु भएको इन्डियन मेडिकल एसोसिएसनले जनाएको छ। भारतमा कोभिड १९ संक्रमित हुने डाक्टरको संख्या १३ सय २ रहेको छ। एसोसिएसनका अनुसार महाराष्ट्रमा मात्र २० प्रतिशत डाक्टरको मृत्यु भएको छ। डाक्टरहरुमा भएको संक्रमणको आधारमा मृत्यु दर ८ प्रशित रहेको छ।

इन्डियन मेडिकल एसोसिएसनले देशव्यापी रुपमा स्वास्थ्यकर्मीको तथ्याङ्क संकलन गरिरहेको छ। कोरोना भाइरसका कारण मृत्यु हुने ७४ प्रतिशत डाक्टरको उमेर ५० भन्दा माथि रहेको छ। यसरी मृत्यु हुने १९ प्रतिशतको उमेर भने ३५ देखि ५० वर्ष समूह रहेको छ। ३५ भन्दा कम उमेरका ७ जना डाक्टरको भारतमा निधन भइसकेको छ।

भारतमा संक्रमित भएका १३ सय २ डाक्टरमध्ये ५ सय ८६ प्राइभेट कन्सलटेन्ट हुन् भने ५ सय ६६ जना रेसिडेन्ट डक्टर हुन्। तीमध्ये १ सय ५० जना हाउस सर्जन रहेका छन्।

'यदि कोभिडबाट मृत्यु दर घटाउने हो भने सबैभन्दा पहिले डाक्टर र अस्पतालबाट सुरुवात गर्नुपर्छ,' इन्डियन मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर राजन शर्माले भने।

मुम्बईमा मात्र एक हजार भन्दा धेरै स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell