PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बागलुङ र स्याङ्जामा तीन जना कोरोना सङ्क्रमित थपिए, गण्डकी प्रदेशमा १२ सय ३१ पुग्यो



पहिलोपोस्ट

बागलुङ र स्याङ्जामा तीन जना कोरोना सङ्क्रमित थपिए, गण्डकी प्रदेशमा १२ सय ३१ पुग्यो

काठमाडौं : गण्डकी प्रदेशका दुई जिल्लामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

बागलुङमा दुई र स्याङ्जामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ। बागलुङ गलकोट नगरपालिका दुई २५ र ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो। त्यस्तै स्याङ्जा वालिङ नगरपालिकाका १९ वर्षीय युवकमा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

उनीहरू तीनै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १२ सय ३१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell