PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बेपत्ता खोज्न गएको गोताखोरको डुंगा मेलम्ची खोलामा पल्टियो, रेस्क्युमा जुटेको टोलीका सबै सकुशल



पहिलोपोस्ट

बेपत्ता खोज्न गएको गोताखोरको डुंगा मेलम्ची खोलामा पल्टियो, रेस्क्युमा जुटेको टोलीका सबै सकुशल

काठमाडौं : मेलम्चीमा बेपत्ता खोज्न पुगेका प्रहरीको गोताखोर टोली सवार डुंगा पल्टिएको छ। मेलम्चीको सुरुङ फुटेर बगाएका चालकको खोजीका क्रममा पुगेका चार जना प्रहरी सवार डुंगा पल्टिएको मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।

घटनामा परेका सबै प्रहरीहरु सकुशल रहेको तामाङले जानकारी दिए। उनले भने, 'एपीएफको गोताखोर टोली बिहानैबाट बेपत्ताको खोजीमा लाग्नुभएको थियो। त्यही क्रममा बोट पल्टिएको हो। तर, सबै जना सकुशल हुनुहुन्छ।'

मेलम्ची बजार नजिकै दुर्घटना भएको उनले बताए। १७ नम्बर गेट थाम्न नसक्दा ४ जनालाई पानीले बगाएको थियो।

सवारी चालक राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन्।

मेलम्ची खानेपानीको मुहानमा निरीक्षणका क्रममा बेपत्ता भएका इन्जिनियर सतिस गोहित भने बुधवार दिउँसो फेला परेका थिए। दुई जना घाइतेको राजधानीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell