अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी क्यापेनका म्यानेजर ब्राड पार्स्केललाई हटाएका छन्। आगामी निर्वाचनको जोडतोड चलिरहेकै बेलामा ट्रम्पले बिल स्टेफनलाई पार्स्केलको ठाउँमा ल्याएका छन्। चुनाव हुन ४ महिना भन्दा कम समयमात्र बाँकी रहँदा चुनावी रणनीतिकार परिवर्तन गरेका हुन् उनले।
ट्रम्प र पार्स्केलबीचको सम्बन्ध पछिल्लो महिना तनापूर्ण रहँदै आएको छ। गत महिनामा टुल्सामा आयोजति चुनावी र्यालीमा मानिसहरुको सहभागिता कम भएको देखेर ट्रम्प उनीप्रति थप असन्तुष्ट रहँदै आएका थिए। उनको प्रचार शैलीबाट ट्रम्प असन्तुष्ट थिए।
पार्स्केलले सन् २०१६ को चुनावमा डिजिटल क्याम्पेनिङको नेतृत्व गरेका थिए। उनी डेटा स्ट्राटिजीमा पोख्त भए पनि चुनावी रणनीतिका विषयमा भने नयाँ मानिन्छन्। उनी ट्रम्पका ज्याइँ तथा ह्वाइट हाउसका सल्लाहकार जोरार्ड कुसनेरसँग नजिक मानिन्छन्।
