PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'गुड मर्निङ मन्त्रीज्यू!' भन्दै मन्त्री क्वाटर पुगेका युवाहरुको प्रश्न, 'कोरोना र सरकारबीच के फरक छ?'

'गुड मर्निङ मन्त्रीज्यू!' भन्दै मन्त्री क्वाटर पुगेका युवाहरुको प्रश्न, 'कोरोना र सरकारबीच के फरक छ?'

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै विरोध गर्दै आएको युवा समूहले बिहीवार बिहानै पुल्चोक मन्त्री क्वाटर पुगेर विरोध जनाएका छन्।

अभियान समूह इनफ इज इनफले बिहान नौ बजे तै मन्त्री क्वाटर अघि पुगेर आफ्नो माग सुनुवाई नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

१२ दिनसम्म सत्याग्रहमा बसेका पुकारसहित पुगेको टोलीले गुड मर्निङ मन्त्रीज्यु, सम्झौता केका लागि? सरकार र कोरोनामा के फरक? लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरे।

मन्त्री क्वाटर अघि जान रोक लगाएपछि उनीहरुले नेपालस्थित राष्ट्रसंघको कार्यालय अघि बसेर विरोध जनाएका थिए। सरकारले युवाहरुसँग गरेको १२ बुँदे सहमति पालना नभएको उनीहरुको आरोप थियो।



ट्रेन्डिङ पोस्ट

Ncell