PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

चीनमा रोजगार बजार सुधारतर्फ : चिन्ता नयाँ ग्राजुएटको



पहिलोपोस्ट

चीनमा रोजगार बजार सुधारतर्फ : चिन्ता नयाँ ग्राजुएटको
File Photo : Xinhua

कोभिड-१९ पान्डेमिकका कारण विश्व अर्थतन्त्रमा नकरात्मक असर परेको छ। चीनबाट २०१९ को डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। चीन विस्तारै कोरोना भाइरसलाई परास्त गर्दै पुरानो लयमा फर्किँदै गएको छ।

पछिल्लो चिनियाँ सर्भे अनुसार जुनमा चीनमा बेरोजगारी दर ५.७ प्रतिशत रहेको छ। सो दर गत मेको तुलनामा ०.२ प्रतिशतले बढि हो। सर्वेक्षणले आन्तरिक रोजगारीले विस्तारै आफ्नो गति लिन थालेको देखाएको छ। तरपनि चुनौतीहरु अझै कायम रहेका छन्।

२०२० को पहिलो ६ महिनामा चीनका शहरी क्षेत्रमा ५.६४ मिलियन नयाँ रोजगारी थपिएको छ। जुन वर्षभर लिइएको लक्ष्यको ६२.७ प्रतिशत हो। यद्यपी यो संख्या गत वर्ष सोही अवधिको तुलनामा १.७३ मिलियनले कम भएको चीनको राष्ट्रिय तथ्यांक व्युरोले बिहीवार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

'कोभिड-१९ को संक्रमण नियन्त्रणमा आएसँगै काममा फर्किनेहरुको संख्या बढिरहेको छ। तथ्यांकले चीनको रोजगारी दर विस्तारै सुधार हुँदै गएको देखाउँछ,' इस्ट चाइना नर्मल युनिभर्सिटीका प्राध्यापक लिउ दावेईले ग्लोबल टाइम्ससँग भनेका छन्। 

चीनमा एक प्रान्तबाट अर्को प्रान्तमा यात्रा अनुमति खुला गरेसँगै सेवा क्षेत्रले गति लिएको भए पनि केही उत्पादकहरुले अझै उत्पादन सुरु गर्न नसकेको उनले बताएका छन्। जसका कारण केही बेरोजगारी बढी रहेको उनको भनाइ छ।

वर्षको अन्त्य सम्ममा चीनमा आप्रवासी कामदारहरुको संख्या १७७.५२ मिलियन पुग्ने जुन वार्षिक रुपमा हुँदै आएको संख्यामा भन्दा २.७ प्रतिशतले कमी रहेको तथ्यांकले देखाएको छ।

प्राध्यापक लिउको चिन्ता कलेज ग्राजुएटहरुले यस वर्ष जागिर पाउन समस्या बेहोर्नु पर्नेमा छ। यस वर्ष ८.७४ मिलियन ग्राजुएटहरु रोजगारी बजारमा प्रवेश गर्दै छन्। गत वर्ष चीनको रोजगारी बजारमा मध्ये जुलाइ सम्म ८०-९० प्रतिशत ग्राजुएटहरुले जागिर पाइसकेका थिए। यस वर्ष यो प्रतिशत ६० को हाराहारीमा भएको उनले अनुमान गरेका छन्। यस वर्ष विश्वविद्यालयले समस्या केही कम गर्नका लागि ग्राजुएटहरुलाई एसोसिएट रिसर्चरको रुपमा भर्ना गरिरहेका छन्।

जुनको तथ्यांकमा कलेज डिग्री भएका र २० देखि २४ वर्ष उमेर समूहका नयाँ ग्राजुएटहरुको बेरोजगारी दर १९.३ प्रतिशत देखिएको थियो।

चीनको तथ्यांक विभागकी प्रवक्ता लिउ आइहुवाले चीनको रोजगार क्षेत्रमा सकरात्मक परिवर्तन देखिएको भएपनि केही क्षेत्र तथा समूहले चुनौती भोगिरहेको बताइन्।

चीनको सबैभन्दा ठूलो जब अनलाइन पोर्टल चिलियन चाओफिनको तथ्यांक अनुसार अप्रिलदेखि जुनसम्मको तथ्यांकमा कामदार माग बढिरहेको र आवेदनको संख्या घटिरहेको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell