PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

स्रोत नखुलेको ९९ लाखसहित दुई जना पक्राउ : ७३ लाख कारबाट र २५ लाख घर तथा पसलबाट बरामद



पहिलोपोस्ट

स्रोत नखुलेको ९९ लाखसहित दुई जना पक्राउ : ७३ लाख कारबाट र २५ लाख घर तथा पसलबाट बरामद

रुपन्देही : रुपन्देहीमा स्रोत नखुलेको ९९ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको सिद्धार्थनगर नगरपालिका ६ बाट सशस्त्र प्रहरी बल ४३ नम्बर गुल्म र राजश्व अनुसन्धान कार्यालयका कर्मचारीको टोलीले स्रोत नखुलेको ९९ लाख २ हजार ५ सय रुपैयाँसहित मंगलबार दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ बस्ने ३८ बर्षिय सुनिल सुनार र ३७ बर्षिय अमित परियार छन्।

सुनारले चलाएको प्रदेश नं. ३ ०३–०१–०२३–च ३२०९ नम्बरको कारमा ७३ लाख ५५ हजार रुपैयाँ फेला परेको तथा उक्त रकमको स्रोत खुलाउन नसकेपछि सो रकमसहित निजलाई पक्राउ गरिएको हो।

त्यसैगरी सुनारको घरबाट स्रोत नखुलेको १२ लाख ६६ हजार रुपैयाँ तथा निजको पसल सोनु ज्वेलर्स गल्लामण्डीबाट समेत स्रोत नखुलेको १२ लाख ८१ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सुनारलाई गाडी र परियारलाई पसलबाट पक्राउ गरिएको हो। परियार पसलका कामदार हुन्। पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा लगिएकोमा त्यहाँबाट ईलाका प्रहरी कार्यालय बुटवलमा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell