PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बालुवाटार बैठक अघि प्रचण्ड निवासमा ६ सचिवालय सदस्यको भेला



पहिलोपोस्ट

बालुवाटार बैठक अघि प्रचण्ड निवासमा ६ सचिवालय सदस्यको भेला

काठमाडौं : पार्टीको विवाद उत्कर्षमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सचिवालय सदस्यले बिहीवार बिहान छलफल गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल सहभागी थिए।

शुक्रवारवारको स्थायी कमिटी बैठक रोक्न नहुने विषयमा छलफल भएको सहभागी एक सदस्यले जानकारी दिए।

सो भेटपछि अहिले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालको बैठक बसिरहेको छ। १२ बजेपछि त्रिपक्षीय छलफल भइरहेको हो। यसअघि ओली-प्रचण्ड एक्ला एक्लै वार्ता भएको थियो। बुधवार प्रचण्डले अबको छलफलमा नेपाल सहभागी गराउनुपर्ने बताएका थिए।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक शुक्रवारसम्मका लागि स्थगित गरिएको छ। नेताहरु सहमतिमा नपुग्दा शुक्रवार बैठक बस्ने नबस्ने अन्यौलता भने कायम नै छ।

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित अधिकांश नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। त्यसपछि नेकपाको विवाद झनै बल्झिएको थियो। प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा कायम छन।

पार्टी फुटको संघारमा पुगेको भन्दै संकट टार्नका लागि सहमतिको जिम्मा ओली- प्रचण्डलाई दिइएको थियो।

अध्यक्षद्वय सहमतिमा नपुगे पनि पार्टीका केही नेताहरु फुटबाट जोगिएको सन्देश प्रवाह गरिरहेका छन्। पार्टीलाई विभाजनबाट जोगाउन भन्दै नेता कार्यकर्ताहरुले खबरदारी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell