राजकुमार राव र फातिमा सना शेखको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘लुडो’ नेटफ्लिक्समा रिलिज हुने भएको छ।
राजकुमारले इंस्टाग्राममार्फत फिल्मको एक दृश्य सार्वजनिक गर्दै नेटफ्लिक्समा चाँडै रिलिज हुने जानकारी दिएका छन्। उनले लुडोमा ४ खेलाडीको कथा रहेको उल्लेख गरेका छन्।
फिल्मलाई अनुराग बसुले निर्देशन गरेका छन्।
फिल्ममा अभिषेक बच्चन, सान्या मल्होत्रा, आदित्य राय कपूर, पकज त्रिपाठी, रोहित सराफ र टिभी कलाकार आशा नेगी पनि देखिनेछन्। फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।
