PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

प्रचण्डकी नातिनीको गीत ‘मायालु तिमी कता छौं – २’ मा पल र स्वस्तिमाको जोडी



पहिलोपोस्ट

प्रचण्डकी नातिनीको गीत ‘मायालु तिमी कता छौं – २’ मा पल र स्वस्तिमाको जोडी

स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको गीत ‘मायालु तिमी कता छौं – २ (सिरिरी सिरिरी)’ सार्वजनिक भएको छ। स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्।

गीतमा कलाकार पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको छ। गज्जब टिभी युट्युब च्यानलमार्फत म्युजिक भिडिया सार्वजनिक गरिएको छ।

गीतको शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन्। संगीत गायक शिवाकोटीले नै दिएका छन्।

म्युजिक भिडियोमा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ। छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जिसी, कलर श्याम कार्की, कोरियोग्राफी/कथा विक्रम स्वारको रहेको छ। भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन्।

भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell