PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

भरतपुर क्यान्सर अस्पतालका डाक्टर र एम्बुलेन्स चालकले २० हजार ठगेको एक भारतीयको आरोप



राधेश्याम पटेल

भरतपुर क्यान्सर अस्पतालका डाक्टर र एम्बुलेन्स चालकले २० हजार ठगेको एक भारतीयको आरोप
फाइल फोटो।

वीरगंज : चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको कोरोना युनिटका स्वास्थ्यकर्मीले आफूलाई २० हजार रुपैयाँ ठगेको एक जना भारतीयले आरोप लगाएका छन्। भारत पश्चिमी चम्पारण बेतिया, रमपुर्वा चमरिया ग्राम पञ्चायत १५ बस्ने ४५ वर्षीय एक जना कोरोना संक्रमितले आफू ठगिएका बताएका हुन्।

१८ दिनअघि मुखको क्यान्सरको उपचार गराउन उनी पर्साको भिष्वा नाका छोटकी जयमंगलापुर हुँदै वीरगंज आएका थिए। वीरगंजबाट ५ हजार रुपैयाँ एम्बुलेन्स भाडा तिरेर क्यान्सर अस्पताल पुगेको उनले बताए। क्यान्सर अस्पतालमा ४ दिनको उपचारको क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनको कोरोना रिपोर्ट पोजेटिभ आउँदा चिकित्सकहरुले क्यान्सरको उपचार बन्द गरेर उनलाई एम्बुलेन्सबाट वीरगंजको गण्डक अस्पतालमा पठाएका थिए।

बिहीवार उनी कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। १४ दिनको बसाइँपछि गण्डकबाट उनी डिस्चार्ज भएको गण्डक अस्थायी कोभिड अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले जानकारी दिए। नारायणी अस्पतालको पीसीआर ल्याबमा परीक्षण गर्दा २ पटक नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको हो।

अब गण्डक अस्पतालमा ७ जना संक्रमित मात्र उपचाररत छन्। कोरोना मुक्त भई डिस्चार्ज भएका भारतीय पुरुषले चिकित्सक र एम्बुलेन्स चालकबाट आफू भाडाबापत २० हजार ठगिएको गुनासो गरे। जबकी नेपालमा कोरोना संक्रमितको स्वाब परीक्षण, उपचार र एम्बुलेन्सको खर्च सरकारले बेहोर्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell