PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भारतबाट अवैध रुपमा ल्याइएको २५ किलो चाँदीका गहनासहित २ जना पक्राउ



पहिलोपोस्ट

भारतबाट अवैध रुपमा ल्याइएको २५ किलो चाँदीका गहनासहित २ जना पक्राउ

वीरगंज : भारतबाट अवैध रुपमा भित्र्याइएको २५ किलो चाँदीका गहनासहित बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पूर्व सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरको हो।

पक्राउ पर्नेहरुमा कलैया-५ बस्ने ३२ वर्षीय ईन्द्रदेव यादव र बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३८ का वकील अन्सारी रहेका छन्। 

बुधवार दिउँसो १ बजे भारतबाट बाराको मटिअर्वा-कलैया सडक हुँदै कलैया आउने क्रममा कलैया-११ विश्वम्भरपुर टोल नजिक दुई जना चढेको ना ६१ प ७२०४ नम्बरको मोटरसाइकलमा जाँच गर्दा सो अवैध गहना फेला परेको थियो।

उनीहरुलाई भन्सार ऐन अनुसार कसुर गरेको हुँदा आवश्यक कारबाहीको लागि वीरगंज भन्सार पठाइएको बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell