PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सुप प्रहरीको दीक्षान्त समारोह: अपराधविरुद्ध सशक्त रुपमा लाग्न डीआईजी सुवेदीको निर्देशन

सुप प्रहरीको दीक्षान्त समारोह: अपराधविरुद्ध सशक्त रुपमा लाग्न डीआईजी सुवेदीको निर्देशन

पहिलोपोस्ट /पहिलोपोस्ट


डोटी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले अपराधविरुद्ध सशक्त रुपमा लाग्न मातहत अधिकारीलाई निर्देशन दिएका छन्।

प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा तालिमरत ११-७९ औं समूहका प्रहरी जवानहरुको दीक्षान्त समारोहमा डीआईजी सुवेदीले बदलिँदो समयसँगै नयाँ नयाँ स्वरुपका अपराधहरु विकास भइरहेको भन्दै त्यसविरुद्ध कठोरताका साथ उत्रिन निर्देशन दिएका हुन्।

प्रहरी नायव महानिरीक्षक सुवेदीले तालिममा सिकेको कुरालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ जनता र राष्ट्रको सेवामा प्रयोग गरेर खटिन शुभकामना दिए। ‘सबै जनतालाई उच्च सम्मानका सेवा दिनुस्। आत्मविश्वास र उच्च मनोबलका साथ जनताका समस्या समाधानमा तालिमजस्तै मेहनत गर्नुस्,’ शुभकामना दिँदै उनले भने।

कोरोना महामारीमा आफू सुरक्षित रहेर फैलिन नदिन जनतालाई सूसुचित गराउन पनि उनले आग्रह गरे।

दिपायलमा आज ४९३ जना प्रहरी जवान दीक्षित भएका छन्। कार्यक्रममा तालिम केन्द्रका समादेशक एसएसपी प्रदीप कुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए। सह समादेशक डीएसपी सागर बोहराले तालिम विवरण प्रस्तुत गरेका थिए।

यसैबीच भोलि बुडरमा ४ सय ४३ जना पास आउट हुँदैछन्। साउन ४ गते महेन्द्रनगर दंगा प्रहरीमा १ सय २१ जना र धनगढी सशस्त्र प्रहरी गणमा १ सय २६ जना दीक्षित हुँदैछन्।



ट्रेन्डिङ पोस्ट

Ncell