PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

‘लुतो जा’ भन्दै यसरी मनाइयो लुतो फाल्ने पर्व

‘लुतो जा’ भन्दै यसरी मनाइयो लुतो फाल्ने पर्व

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : आज साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ पर्व मनाइएको छ।

नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जंगली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ।

त्यस्तै, परम्पराअनुसार लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन्।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ।



ट्रेन्डिङ पोस्ट

Ncell