PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

साउन ४ गतेदेखि मनसुन सक्रिय हुने सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

साउन ४ गतेदेखि मनसुन सक्रिय हुने सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
फाइल फोटो।

काठमाडौं : साउन ४ गतेदेखि ३ दिनसम्म नेपालमा मनसुन सक्रिय हुने भएकोले धेरै स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उक्त समयमा मनसुन न्यून चापिय रेखा नेपालको तराई नजिक आउने सम्भावना रहेकोले प्रदेश १, प्रदेश २, प्रदेश ५, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। वर्षासँगै बाढी पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

यस्तै, साउन ५ देखि ८ गतेसम्म कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, वाग्मती, बुढीगण्डकी, सेतीगण्डकी, मर्स्याङदी र कालीगण्डी नदीका साथै तिनका सहायक नदीहरुमा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ। साउन ९ गतेसम्म यी नदीहरुमा आकस्मिक बहाब हुन सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।

साउन ५ देखि ७ गतेसम्म तिनाउ, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीमा समेत पानीको सतह बढ्ने सक्ने जनाइएको छ।

शनिवार भने दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती भने देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell