PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

मेलम्ची आयोजनाको दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतीशको सम्झनामा दीप प्रज्जवलन



पहिलोपोस्ट

मेलम्ची आयोजनाको दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतीशको सम्झनामा दीप प्रज्जवलन

जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतीशकुमार गोइतको सम्झनामा जनकपुरमा बिहीबार दीप प्रज्जवलन गरिएको छ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ कमिटीको आयोजनामा स्थानीय जनकचोकमा दीप प्रज्जवलन गरी श्रद्धाञ्जली दिइएको हो।

एशोसिएशनले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। साथै मृतकको परिवारलाई समेत उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ। 

मंगलबार दिउँसो आयोजनाको सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये इन्जिनियर गोइतको शव बुधबार अपराह्न ४ बजे फेला परेको थियो। शव मेलम्ची नगरपालिका-११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell