स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा जित हात पारेसँगै रियल मड्रिड लिग च्याम्पियन बनेको छ। स्टेडियो अलफ्रेडो डि स्टेफानो मा भएको खेलमा घरेलु टोलीले भिल्ला रियललाई २-१ गोल अन्तरले हराउँदै उपाधि सुरक्षित गरेको हो।
रियलको जितमा दुवै गोल करिम बेन्जेमाले गरे। उनले खेलको २९ औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको रियलका लागि दोस्रो हाफमा पनि बेन्जेमाले नै अर्को गोल पनि थपे। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै ७७ औं मिनेटमा बेन्जेमाले गोल गरेका थिए। उता भिल्लारियलका लागि भिसेन्टे इबोराले ८३ औं मिनेटमा सान्त्वना गोल फर्काए।

जुनमा कोरोना महामारीपछि फुटबल सुरुभएयताका १० वटै खेलमा रियलले जित निकालेको छ। जितसँगै दोस्रो स्थानको बार्सिलोनाभन्दा ७ अंकको अग्रता बनाएको रियल मड्रिड एक खेल अगावै च्याम्पियन बनेको हो।
'आज मेरो महत्वपूर्ण दिनहरुमध्येको एक हो,' रियलका प्रशिक्षक जिदानेले भनेका छन्, 'यो बिचमा तीनमहिनाको ब्रेक र धेरै कुराहरु भए। तर हामीले जे हासिल गर्यौं त्यो धेरै नै महत्वपूर्ण छ।'
😍 HALA MADRID!#34Ligas | #RealFootball pic.twitter.com/Hr4c3BXrSW
— Real Madrid C.F. 🇬🇧🇺🇸 (@realmadriden) July 16, 2020
यो सँगै रियल मड्रिडले ३४ पटक ला लिगाको च्याम्पियन बन्ने भएको छ।
🏆 1932
— Real Madrid C.F. 🇬🇧🇺🇸 (@realmadriden) July 16, 2020
🏆 1933
🏆 1954
🏆 1955
🏆 1957
🏆 1958
🏆 1961
🏆 1962
🏆 1963
🏆 1964
🏆 1965
🏆 1967
🏆 1968
🏆 1969
🏆 1972
🏆 1975
🏆 1976
🏆 1978
🏆 1979
🏆 1980
🏆 1986
🏆 1987
🏆 1988
🏆 1989
🏆 1990
🏆 1995
🏆 1997
🏆 2001
🏆 2003
🏆 2007
🏆 2008
🏆 2012
🏆 2017
🏆 2020#34Ligas
