PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

घरेलु मैदानमा बार्सिलोनाको पराजय पछि मेस्सीले भने, 'धेरैकुराहरुमा परिवर्तन चाहिएको छ'



पहिलोपोस्ट

घरेलु मैदानमा बार्सिलोनाको पराजय पछि मेस्सीले भने, 'धेरैकुराहरुमा परिवर्तन चाहिएको छ'

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना ओसासुनासँग पराजित भएको छ। क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीले २-१ को पराजय भोगेको हो।

खेलको १५ औं मिनेटमा जोशे अर्नाइजको गोलमा ओसासुनाले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा घरेलु टोली १ गोलले पछि रहे पनि दोस्रो हाफ लियोनल मेस्सीले खेल बराबरीमा ल्याए। उनले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए। खेलको ७७ औं मिनेटमा ओसासुनाका स्ट्राइकर इन्रिक ग्लालिगो रेडकार्ड खाँदै बाहिरिए पनि १० खेलाडीमा सीमित ओसासुनाले अर्को गोल थप्न सफल भयो। खेलको अतिरिक्त समयमा रोबेर्ट्रो टोरेसले गोल गर्दै घरेलु टोलीमाथिको जित सुनिश्चित गरे।

उपाधिको होडमा चुनौती दिँदै आएको बार्सिलोनाको पराजयसँगै गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले भिल्ला रियललाई हराउँदै उपाधि सुरक्षित गर्‍यो। र, बार्सिलोनाले यो सिजन उपविजेतामै चित्त बुझाउनु पर्ने भयो।

खेलपछि लियोनल मेस्सीले सोचे अनुरुप खेल्न नसकेको बताएका छन्।

'हामीले सिजन यसरी सकिएला भनेर आशा गरेका थिएनौं। तर यही भयो,' उनले भनेका छन्, 'हामीले ती अंक गुमायौं जुन हामीले गुमाउनु हुँदैन थियो। हामी धेरै अस्थिर बन्यौ'

त्यस्तै आत्मआलोचना गर्दै उनले आफूहरुले जितका लागि खेल्नु पर्ने बताएका छन्।

'हामी सबैले सबैदृष्टीबाट केही आत्मआलोचना गर्न आवश्यक छ। हामीले बार्सा हौ र हामीले जुन सुकै टिमहोस्, जित्न पर्छ।'

त्यस्तै उनले परिवर्तनको आवश्यकतासमेत औल्याउँदै भने,

'धेरैकुराहरुमा परिवर्तन चाहिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell