नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्याले १० लाखको सीमा पार गरेको छ भने मृत्यु हुने संक्रमितको स्ख्या २५ हजार पार भएको छ। बिहीवार भारतमा थप ३४ हजार भन्दा धेरै संक्रमित थपिए भने ६ सय ९० जनाको मृत्यु भयो।
विश्वका ३ मुलुकहरु मात्र छन् जहाँ कोरोना भाइरसको संक्रमण १० लाख भन्दा धेरैमा रहेको छ। अमेरिका र ब्राजिलपछि तीब्र रफ्तारमा कोरोना संक्रमित हुने मुलुक हो, भारत। भारतमा ८ लाखबाट १० लाख संक्रमित पुग्न जम्मा ६ दिनमात्र लागेको छ। र, १० दिनको अन्तरालमा २० हजार बाट मृत्यु हुनेको संख्या २५ हजार पुगेको छ।
विज्ञहरुको प्रेडिक्सनलाई मान्ने हो भने अर्को एक मिलियन अर्थात् १० लाख संक्रमित थपिन अब एक महिनाभन्दा धेरै लाग्ने छैन।
