PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

अमेरिका, बेलायत र क्यानडाको आरोप : रसियाले ह्याक गरेर कोभिड १९ को भ्याक्सिनको अनुसन्धान चोर्न खोज्यो



पहिलोपोस्ट

अमेरिका, बेलायत र क्यानडाको आरोप : रसियाले ह्याक गरेर कोभिड १९ को भ्याक्सिनको अनुसन्धान चोर्न खोज्यो

ब्राजिलमा बीस लाख र भारतमा दश लाखभन्दा धेरै कोरोना संक्रमित रहेको तथ्य बाहिर आइरहेकै बेलामा अमेरिका, बेलायत र क्यानडाले रसियामाथि गम्भीर आरोप लगाएका छन् - रसियाले कोरोना भाइरस भ्याक्सिनको अनुसन्धान चोर्ने प्रयास गर्‍यो।

विश्वभरी भाइरसले ५ लाख ८५ हजार मानिसको ज्यान लिएको छ भने १ करोड ३६ लाख मानिस यसबाट संक्रमित छन्। विश्वका शक्तिसम्पन्न मुलुकहरुबीच कसले छिटो भाइरसविरुद्धको खोप तयार गर्ने भन्ने होड पनि छ।

बिहीवारमात्र अक्स्फोर्ड युनिभर्सिटीले गरेको परीक्षणले सकारात्मक परिणाम दिएको बेलायती मिडियाले जनाएका छन्। तर, त्यसको केही घन्टा नबित्दै बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरले परीक्षण भइरहेको ल्याबमा ह्याकिङ समूहले सूचना चोर्ने प्रयास गरेको जनाएको छ। APT29 नामक समूहले ह्याक गरेर खोपबारे सूचना लिन खोजेको थियो।

ह्याकरहरु रसियन इन्टेलिजेन्स सर्भिसका रहेको बेलायती दावी छ। उनीहरुले ९५ प्रतिशत रसियन ह्याकर रहेको जनाएका छन्।

८० देखि ९० प्रतिशतसम्म सफलतातिर अनुसन्धान पुग्न थालेपछि त्यसको चोरीको सम्भावना बढेको बताइएको छ।

तर, मस्कोले भने आरोपलाई ठाडै गलत भएको बताएको छ। 'ह्याकिङसँग रसियाको कुनै लेनादेना छैन,'मस्कोले प्रस्ट्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell