PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सवारी पासको दुरुपयोग गरेर सवारी नचलाउनु होला, नत्र प्रहरीले समात्ला!



पहिलोपोस्ट

सवारी पासको दुरुपयोग गरेर सवारी नचलाउनु होला, नत्र प्रहरीले समात्ला!

काठमाडौः लकडाउनको समयमा स्थानिय प्रशासनले जारी गरेको सवारी पास दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा २ चौकीटोल बस्ने ४४ वर्षीय प्रेमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिएको हो।

घिमिरेले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएको मृत्यु संस्कार सम्वन्धि पासको दुरुपयोग गरेर मानिस ओसार्ने गरेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। मृत्यु सस्कारको लागि भन्दै काठमाडौं आउन जारी भएको पासमा ६ जना यात्रुहरू राखी चित्लाङबाट  काठमाडौं मानिस ओसारेको भेटिएको हो।

चालक उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell