PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

हजुरबाबाको घरमा सुत्न आएका तीनजना किशोरको पहिरोले पुर्दा मृत्यु



पहिलोपोस्ट

हजुरबाबाको घरमा सुत्न आएका तीनजना किशोरको पहिरोले पुर्दा मृत्यु
फाइल फोटो।

काठमाडौं : कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।

आज बिहान करिव ६ बजेतिर माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित प्रेम विकको घर पहिरोले पुर्दा तीन जनाको मृत्यु भएको हो।

१६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ रेजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

'पहिरोमा पुरिएका तीन वटा शव निकालेका छौं। घरमा क्षति पुगेको छ,' एसपी श्रेष्ठले भने।

मृतक तीन जना हजुरबाबाको घरमा बस्न भन्दै आएका थिए। प्रेम विकका दुई छोरा छुटै बस्दै आएका थिए। एउटै घरमा बस्दै आएका प्रेम विक र  उनी श्रीमती भने सहकुशल छन्। मृतक तीन जना भने एउटै कोठामा सुतेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell