PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बुधवार अस्पताल भर्ना, बिहीवार संक्रमण पुष्टि र मृत्यु पनि..., कोभिड १९ बाट मर्नेको संख्या ४० पुग्यो



फूलमाया पुरी

बुधवार अस्पताल भर्ना, बिहीवार संक्रमण  पुष्टि र मृत्यु पनि..., कोभिड १९ बाट मर्नेको संख्या ४० पुग्यो
कोरना संक्रमितको मृत्युपछि सेनाले व्यवस्थापन गर्दै गरेको फाइल फोटो।

विराटनगर : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार सप्तरीको राजविराजबाट आएका ७३ वर्षीय पुरुष बुधवार भर्ना भएका थिए।

उच्च रक्तचाप, मधुमेह, मुटुको बिरामीसमेत रहेका उनलाई अस्पताल ल्याइँदा नै खराब अवस्था थियो। अस्पताल आइपुग्दा उनको अवस्था गम्भीर भएकाले आकस्मिक कक्षाबाट उपचार थालिएको थियो। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी तत्कालै थ्रोट स्वाब संकलन गरिएको उनले जानकारी दिए। बिहीवार पीसीआर विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो।

'पहिलेदेखि नै एकदमै कमजोर स्वास्थ्य स्थितिको हुनुहुदो रहेछ,' डाक्टर सापकोटाले भने, 'त्यसैले हामीले उहाँलाई इमर्जेन्सी केयर र परीक्षणका लागि स्वाव संकलन गर्‍यौं। हिजो पोजेटिभ रिपोर्ट आयो त्यसपछि आइसोलेसनमा सिफ्ट गरेका थियौं।'

उनको हिजो राति १०:१५ बजे मृत्यु भएको हो।

अहिले स्पेसल व्यागमा प्याक गरेर उनको शवलाई सुरक्षित रुपमा राखिएको छ। नेपाली सेनाले उनको अन्त्यष्टिका बाँकी काम गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell