PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

नेकपा विवाद केन्द्रीय कमिटी लैजाने तयारी, तत्कालका लागि टर्‍यो ओलीको राजीनामा



पहिलोपोस्ट

नेकपा विवाद केन्द्रीय कमिटी लैजाने तयारी, तत्कालका लागि टर्‍यो ओलीको राजीनामा

काठमाडौं : आन्तरिक विवादका कारण दुई साता रोकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। सहमतिका लागि भन्दै बैठक धकेलिए पनि कुनै निश्कर्ष भने निस्कन सकेन। नेकपाको विवाद अब केन्द्रीय कमिटीमा लैजाने तयारी भएको छ।

शुक्रवार बालुवाटारमा बस्ने बैठकले केन्द्रीय कमिटी बोलाउने तयारी भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

'आजको बैठकले स्थायी कमिटी बैठक बोलाउँछ। पार्टीमा जे-जे निर्णय लिनुपर्ने हो अब केन्द्रीय कमिटीले गर्नेछ,' उनले भने।

स्थायी कमिटी बैठक केही नेताहरुले बोलेर आजै स्थगन गर्ने तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले गरेको छ।

बिहीवार प्रधानमन्त्री निवासमा भएको छलफले निकास दिन नसकेपछि बेलुकी खुमलटारमा भेला भएका प्रचण्ड-नेपाल पक्ष उक्त निश्कर्षमा पुगेको हो।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायत अधिकांश स्थायी कमिटी सदस्यहरुले ओलीको राजीनामा मागेका थिए।

तर, ओली दुवै पद नछोड्ने अडानमा नै रहे। सहमतिका लागि भन्दै बिहीवारको भेटमा पनि प्रचण्ड र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन भनेका थिए। ओलीले राजीनामा नदिने र स्थायी कमिटी फेस गर्न तयार रहेको जवाफ दिएका थिए।

विवाद केन्द्रीय कमिटी पुर्‍याउने तयारीसँगै ओलीको राजीनामाको विषय तत्कालका लागि टरेको नेताहरु बताउँछन्।

पार्टीको फुटको संघारमा पुगेको भन्दै स्थायी कमिटी बैठक रोकेर छलफल थालिएको थियो। पटक पटक सारिएको बैठक गत शुक्रवार भने देशभर भइरहेको बाढी पहिरोको निहू पार्दै स्थगित गरिएको थियो।

यस बीचमा दुई अध्यक्षले पटकपटक संवाद गरे पनि विवाद ज्युँकात्युहुँ रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell