विश्व बक्सिङ काउन्सिलले २ दिन अघि ट्वीट गर्दै एक ६ वर्षे बालकलाई 'मानार्थ डब्लुवीसी च्याम्पियन' ले सम्मान गर्ने जानकारी दियो। बालकले मानवताका लागि देखाएको बहादुरीका कारण सम्मान गरिएको उल्लेख छ।
We are honored to name 6-year-old, Bridger Walker, WBC Honorary Champion, for his brave actions that represent the best values of humanity. Bridger, you're a hero 👏🔰 pic.twitter.com/L2FqL0K4vw
— World Boxing Council (@WBCBoxing) July 15, 2020
'मानवताको विषयमा ६ वर्षे बालक ब्रिडजर वाल्करले देखाएको व्यवहारको उच्च सम्मान गर्दै देखाएको बहादुरीका लागि डब्लुबीसी मानार्थ च्याम्पियन घोषणा गर्न पाउँदा गौवरवान्वित छौं। ब्रिडजर तिमी हिरो हौ,' डब्लुबिसीको ट्वीटमा लेखिएको छ। र, तस्बिरमा देखिएका छन् २ बालक। एकजना बालकको अनुहारमा चोटपछि टाँका लगाएको देखिन्छ भने अर्की अझ सानी बालिका पनि उनीसँगै देखिन्छिन्।
डब्लुबीसीका अध्यक्ष मौरीसियो सुलाइमनले विश्वच्याम्पियनको बेल्ट ब्रिडदरलाई र उनको बहिनीलाई पनि उपहारहरु पठाउने जनाएका छन्।
को हुन ब्रिडजर?
न्युयोर्क स्थित वायोमिङका ६ वर्षे बालक हुन् ब्रिडर। तस्बिरमा उनीसँगै देखिएकी बालिका चाहिँ उनकी ४ वर्षीया बहिनी। पछिल्लो समय ब्रिडजरलाई सामाजिक सञ्जालमा सुपरहिरोसँग जोडेर समेत तारिफ गरिरहेका छन्।
एन हाथावे, क्रिस इभान्स, मार्क रुफोलो लगायतका अमेरिन अभिनेता तथा सेलिब्रेटीहरुले पनि उनको प्रशंसा गरिरहेका छन्।
जुलाई ९ मा १ वर्षको जर्मन सेफार्ड कुकुरले ब्रिडरको बहिनीलाई आक्रमण गरेको थियो। जसमा ६ वर्षे ब्रिडरले साहसका साथ त्यो कुकुरसँग लडे। उनी गम्भीर घाइते पनि भए तर बहिनीलाई भने जोगाउन सफल भए। यद्यपि, आक्रमणपछि २ घन्टाको सर्जरी गरी उनको अनुहारमा ९० टाँका लगाइएको छ।
ब्रिडरका बुबाले उनलाई कुकुरले आक्रमण गर्दा तिमी किन बीचमा गएको भनेर पछि प्रश्न समेत गरेका थिए। जवाफमा ६ वर्षे ब्रिडरले भने: यदि एकजना मर्नै पर्ने भयो भने त्यो म हुन्छ भन्ने मैले सोचेँ।
ब्रिडरको तस्विर उनको आन्टीले निकोलो वालकरले ब्रिडर एभेन्जरको फ्यान रहेको भन्दै इन्टाग्राममा शेयर गरिन्। उनको त्यो पोस्ट सामाजिक सञ्जालमा निकै चर्चित समेत भयो।
यो पोस्ट एभेन्जरकी नायिका एन हाथावेसम्म पनि पुग्यो। उनले ब्रिडरको तस्बिर शेयर गरेकी छिन्।
'म एभेन्जर होइन, तर म सुपरहिरोलाई चिन्छु जब उसलाई देख्छु,' उनले लेखेकी छिन्, 'म आशा गर्छु मेरो जीवनमा म आधामात्र बाहदुर हुनसकुँ जति तिमी तिम्रो जीवनमा छौं। हेइ मार्क रुफोलो तिमीलाई टिममेट चाहिएको छ?'
हाथावेको यो पोस्टमा एक मिलियन भन्दामाथि लाइक र कमेन्टहरु छन्।
त्यस्तै क्याप्टेन अमेरिकाका नायक क्रिस इभान्सले ब्रिडरलाई सन्देश पठाउँदै उनी साँच्चैको सुपरहिरो र बहादुर भएको बताएका छन्।
'तिमी साच्चीकै हिरो हौ। तिमीले जे गर्यौ, त्यो एकदमै बहादुरी र निस्वार्थ छ। तिम्रो बहिनी तिमी जस्तो दाई पाउँदा एकदमै भाग्यमानी छिन्,' सन्देशमा भनिएको छ, 'तिम्रो बुवाआमा पक्कै तिमीमा गौरवान्वित छन्। तिमी जस्तो छौ त्यस्तै रहौ। हामीलाई तिमीजस्तै मानिसहरुको खाँचो छ। मलाई थाहा छ तिमीलाई ठीक हुन समय लाग्छ। तर मैले अहिलेसम्म जे देखेको छु त्यसका आधारमा भन्न सक्छु यसले तिमीलाई गलाउने छैन।'
