PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

दिदीको घरबाट फर्किँदा बेपत्ता भएका युवक कालीगण्डकी नदी किनारमा मृत फेला



रासस

दिदीको घरबाट फर्किँदा बेपत्ता भएका युवक कालीगण्डकी नदी किनारमा मृत फेला

गलकोट : बागलुङ नगरपालिका-१३ स्थित कालीगण्डकी नदी किनारमा एक युवकको शव फेला परेको छ। जैमिनी नगरपालिका-१० निवासी १८ वर्षीय जीवन पुुन शुक्रवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनी गत असार ३० गते पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ स्थित दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएकामा शुक्रवार कालीगण्डकी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

शव परीक्षणका लागि धौलागिरि अस्पतालमा राखिएको छ। दिदीका घरबाट कालीगण्डकी तरेर जैमिनीतर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell