PahiloPost

Jun 15, 2026 | १ असार २०८३

केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार



अनन्तराज न्यौपाने

केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार
फोटो : अध्यक्ष कार्कीको फेसबुकबाट

विराटनगर : मोरङको उत्तरपूर्वी क्षेत्रमा पर्ने केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि उनकै कार्यालयमा छुरा प्रहार गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार छुरा प्रहार गर्ने भवन मल्ल ठकुरी पक्राउ परिसकेका छन्।
अध्यक्ष कार्कीको गर्धन र हातमा चोट लागेको र उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको छ।

स्थानीय बासिन्दाका अनुसार निज भवन मल्लले गत आर्थिक वर्षमा गाउँपालिकाबाट पटके करको ठेक्का पाएका थिए। तर यस पटक साउन १ गतेदेखि उक्त कर गाउँपालिका आफैँले सङ्कलन गर्न थालेको छ। आफूले पटके करको ठेक्का नपाएको र गाउँपालिका आफैँले सङ्कलन गर्न थालेको झोँकमा ठकुरीले छुरा प्रहार गरेको बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell