PahiloPost

Aug 29, 2024 | १३ भदौ २०८१

जग्गा बैनामा विवाद : २५ लाख उठाउन अपहरण!



सविन ढकाल

जग्गा बैनामा विवाद : २५ लाख उठाउन अपहरण!

काठमाडौं : प्रहरीले अपहरणको अभियोगमा सात जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार दिउँसो करिब २ बजेतिर भक्तपुरको मध्यपुर थिमीबाट सात जनालाई नियन्त्रणमा लिएको हो। त्यस्तै, अपहरणमा परेका भनिएका भनिएका धनुषा घर भई टोखा बस्दै आएका रामबाबु साहलाई समेत उद्धार गरेको छ।

'कन्ट्रोल रुममा जानकारी आएपछि हामीले अपहरणकारीको खोजी गरेका थियौँ। अहिले एक जनाको उद्धार र सात जनालाई नियन्त्रणमा लिएका छौं,' महाशाखाका एसपी ईश्वर कार्कीले भने।

बिहान प्रहरीको १०० नम्बरमा एक युवकलले फोन गरेर आफ्ना बुबालाई अपहरण गरेर लगेको जानकारी दिएका थिए। त्यसपछि महाशाखाको टोली परिचालन गरिएको थियो। एक घरमा बन्धक बनाइ राखिएको अवस्थामा साहलाई प्रहरीले फेला पारेको हो। प्रहरीले घरमा रहेका सात जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका उनीहरुले अपहरण नभएर लेनदेनको विषय भएकाले ल्याएको प्रहरीमा मौखिक जानकारी दिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा साहले टोखाको ८ आना जग्गा दिने भन्दै उनीहरुसँग २५ लाख रुपैयाँ लिएका थिए। तर, लामो समयदेखि पैसा पनि फिर्ता नदिएको र जग्गा पनि नदिएकाले उनीहरुले साहलाई आफ्नो घरमा लगेर राखेका थिए।

'यो लेनदेनको विषयमा भएको देखिएको छ। थप अनुसन्धान भइरहेको छ,' एसपी कार्कीले भने।

गत माघ ८ गते साहले २५ लाख रुपैयाँ बैनाबापत लिएका थिए। पक्राउ परेका सात जना सबैको अपहरणमा संलग्न भए/भएको खुलिनसकेकाले अहिले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।

'भर्खर नियन्त्रणमा लिएका छौँ। कसको भूमिका के थियो? अनुसन्धानपछि खुल्नेछ,'  कार्कीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell