काठमाडौं : नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएमबाट पनि पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यो व्यवस्था गरेको हो।
कोभिड-१९ पछि बैंक तथा वित्तीय संस्थाले कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेका थिए। तर, त्यो व्यवस्था साउन १ गते देखि हटाउँदै शुल्क लाग्ने व्यवस्था गरेका थिए। आज राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो।
