PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बहिनी बचाउन जर्मन सेफर्डसँग लड्ने बालकलाई 'सेलिब्रेटी सन्देश'



पहिलोपोस्ट

बहिनी बचाउन जर्मन सेफर्डसँग लड्ने बालकलाई 'सेलिब्रेटी सन्देश'

अमेरिकाका ६ वर्षीय बालक ब्रिडजर वाल्कर हाल चर्चामा छन्। उनले देखाएको साहस र बहिनीप्रतिको प्रेमका कारण उनी चिनिएका हुन्। ब्रिडजरले आफ्नी ४ वर्षीया बहिनीलाई कुकुरको आक्रमणबाट बचाए। उनी स्वयंमको भने अनुहारमा मात्रै ९० टाँका लगाउनु पर्‍यो।

सामाजिक सञ्जालमा 'सुपरहिरो' उपनामसहित ब्रिडजरको तस्विर तथा उनको साहसको कथा सेयर भइरहेको छ। यस्तैबीच केही चर्चित कलाकारहरूले उनको तारिफसहित सन्देश पठाइ रहेका छन्।

अमेरिकी अभिनेत्री एन हाथावेले उनको तस्विरसहित इन्स्टाग्राम पोस्ट गरिन्। लेखेकी छिन् : 'म एभेन्जर होइन। तर, मैल अब एक सुपरहिरोलाई चिनेकी छु जसलाई भर्खरै देखें। म तिमी जति साहसी छौ त्यसको आधा मात्र भएपनि आफूमा पनि होस् भन्ने चाहन्छु।'

 

उनले बालकको शिघ्र स्वास्थ्य लाभको समेत कामना गरेकी छिन्। उनले गरेको पोस्टमा ब्रिडजरकी काकीको पोस्ट पनि उल्लेखित छ जसमा उनले आफ्नो भतिज एनको फ्यान भएको जनाएकी छिन्।

त्यस्तै अर्का अमेरिकी कलाकार क्रिस इभान्सले पनि ब्रिडरको बहादुरीको चर्चा गरेका छन्। भनेका छन्,'तिमी एकदम बहादुर छौ र तिमीजस्तो दाइ पाउनु तिम्री बहिनीको भाग्य हो।  यो घटनाक्रम पछि तिम्रो बुवाआमा तिमीप्रति गर्व गर्नु हुनेछ।'

अभिनेता मार्क रफ्यालोले बालककी काकीको पोस्टमा कमेन्ट गर्दै लेखे,'जे भयो त्यसका बारेमा मैले पढें। म साँच्चै तिम्रो साहस र हृदयको तारिफ गर्दछु।'

 

 
 
 

 

 
 
 
 
 
 
 
 
 
 
 

My nephew is a hero who saved his little sister from an attacking dog. He, himself, took on the attack so that the dog wouldn’t get his sister. He later said, “If someone was going to die, I thought it should be me.” He got home from the hospital last night. I know it’s a long shot, but I’m reaching out to the Avengers and other heroes so that they can learn about this latest addition to their ranks. Please, check your DM’s for my sweet nephew’s story. @tomholland2013 @chrishemsworth @robertdowneyjr @markruffalo @prattprattpratt @twhiddleston @chadwickboseman @vindiesel @chrisevans @vancityreynolds @thehughjackman Edit: I never expected my sweet nephew’s story to reach so many. Please, follow my other post (I only have two so far 😅) for the latest info regarding my sweet nephew and his family.

A post shared by Nikki Walker (@nicolenoelwalker) on

 

अभिनेत्री ओक्टाभिया स्पेन्सरले पनि आफू एभेन्जर्स नभएको जनाउँदै लेखिन्,'म यो सानो हिरोको प्रशंसक हुँ।'

जुलाई ९ तारिखमा एक जर्मन सेफर्डले ब्रिडरकी बहिनीमाथि आक्रमण गरेको थियो। त्यही रहेका ब्रिडर साहसका साथ त्यस कुकुरसँग लडे। घटना पछि उनी गम्भीर घाइते। उनको मुहारमा ९० वटा टाँका लगाउनु पर्‍यो। तर, उनकी काकी निकोला वाकरले घटना बारे जानकारी र तस्विर पोस्ट गरे पछि अवस्था फरक बन्यो। बालकको साहस र बहिनीप्रतिको प्रेमको चर्चा भयो।

जस्टिन बाल्डोनी, रोबी अमेल, भ्यानेसा मोर्गन लगायतले पनि वाकरको पोस्टमा बालकको प्रशंसा र उनलाई धन्यवादसहित कमेन्ट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell