काठमाडौं : लमजुङमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै लमजुङमा संक्रमितहरुको संख्या ८६ पुगेको छ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार २७८ पुगेको निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशमा हालसम्मा संक्रमितमध्ये ९३८ जना डिस्चार्ज भएका छन्। त्यस्तै, ४ जनाको मृत्यु भएको छ।
लमजुङ जिल्लामा कुल संक्रमितमध्ये हालसम्म ४४ जना डिस्चार्ज भइसकेका छन्। आज थपिएका संक्रमितसहित जिल्लामा ४२ एक्टिभ केस रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।
