काठमाडौं : शुक्रवार १ सय १ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ। २४ घण्टामा २७ वटा प्रयोगशालामा गरिएको ४ हजार ६ सय ८८ पीसीआर परीक्षणमा १ सय १ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा ११ हजार ५ सय ३४ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। शुक्रवार मात्रै २८५ जना संक्रमण मुक्त भएका हुन्।
५ हजार ८ सय ७१ जना सक्रिय संक्रित छन्। मृतकको संख्या ४० पुगेको छ। शुक्रवारको तथ्यांकमा एक जना मृतक थपिएका हुन्।
बिहीवार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका एक पुरुषको निधन भएको थियो।
