PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

अमेरिकामा कोरोना : एकैदिन करिव ७६ हजारमा संक्रमण पुष्टि



पहिलोपोस्ट

अमेरिकामा कोरोना : एकैदिन करिव ७६ हजारमा संक्रमण पुष्टि
Bryan Denton/The New York Times

अमेरिकामा कोरोना भाइरस संक्रमणका केसहरू थपिँदो छ। विहीवार मात्र त्यहाँ करिव ७६ हजार मानिसमा संक्रमण पुष्टि भयो। न्यूयोर्क टाइम्सको डाटाबेस अनुसार एकैदिन ७५ हजार ६ सय संक्रमणका नयाँ केस देखिएका हुन्। यो हालसम्मकै उच्च दैनिक संक्रमण दर हो।

यो महिना मात्रै अमेरिकामा ११ पटक दैनिक संक्रमण दरको रेकर्ड तोडिएको छ। यसअघिको सर्वाधिक संक्रमण दर २४ जुनमा ६८ हजार २ सय ४१ रहेको थियो। त्यस समय डाक्टर एन्थोनी फाउसीले अमेरिकाको दैनिक संक्रमण दर एक लाख पुग्न सक्ने चेतावनी दिएका थिए। उनी अमेरिकाको संक्रामक रोग विशेषज्ञ हुन्।

अमेरिकामा संक्रमितसँगै संक्रमणकै कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ। फ्लोरिडामा विहीवार मात्रै १ सय ५६ जना संक्रमितको निधन भयो। त्यस्तै अलाबामा, एरिजोना, हवाइ, इडाहो, मोन्टाना, ओरेगन, साउथ क्यारोलिना, टेक्‍सस र उटाहमा पनि संक्रमितहरू मृत्यु बढ्दो छ।

संक्रमण बढेसँगै त्यहाँका करिव १५ राज्यमा मास्कलाई अनिवार्य बनाइएको छ। त्यस्तै स्कूल तत्काल सञ्चालनमा ल्याउने कि नल्याउने विषयमा वहस चर्कदो छ भने केही राज्यले भर्चुअल कक्षामै जोड दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell