PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

पछिल्लो २४ घण्टामा २६ जिल्लाका १०१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

पछिल्लो २४ घण्टामा २६ जिल्लाका १०१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौँ: पछिल्लो २४ घण्टामा २६ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका २७ प्रयोगशालामा गरिएको ४ हजार ६८८ नमुना परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २८५ जना संक्रमण मुक्त भएका छन्। 

संक्रमण पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १ जना छन्। शुक्रबार संक्रमण पुष्टि भएका सप्तरीका संक्रमितको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

त्यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १ र मोरङका २ जनामा संक्रमण देखिएको छ। प्रादेशिक स्वास्थ्य प्रयोगशाला विराटनगरमा पनि झापाकै १ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८, नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १ र पर्साका २ जनामा संक्रमण देखिएको छ।

किटजन्य रोग प्रयोगशाला हेटौँडामा पनि बाराका २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, हेटौँडामा भएको परीक्षणमा नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुली र मकवानपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा भक्तपुर र नुवाकोटका २/२ जनामा संक्रमण पुष्टि भएको छ। 

धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा काभ्रेका १ तथा त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँ र पाल्पाका १/१ जनामा संक्रमण पुष्टि भएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा लमजुङका २२ तथा प्रादेशिक प्रयोगशाला पोखरामा भएको परीक्षणमा तनहुँका ७ जनामा संक्रमण पुष्टि भएको छ। 

लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा भएको परीक्षणमा रुपन्देहीका १, भेरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बर्दियाका १०, रोल्पाका १३ र दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ। 

चौरजहारी नगरपालिका प्रयोगशालामा सल्यान र रुकुम पश्चिमका १/१ जनामा संक्रमण पुष्टि भएको छ। 

डडेलधुरा अस्पतालमा भएको परीक्षणमा डडेलधुरा, बझाङ र डोटीका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

योसँगै संक्रमितको संख्या १७ हजार ४४५ र एक्टिभ केस पाँच हजार ८७१ रहेको छ। संक्रमितमध्ये ८७ प्रतिशत पुरुष र १३ प्रतिशत महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए। 

संक्रमितमध्ये ११ हजार ५३४ जना अर्थात ६६.१२ प्रतिशत डिस्चार्ज भइसकेका छन्। 

संक्रमणको प्रदेशगत अवस्था

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell