PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेल्सन मन्डेलाकी छोरीलाई कोरोना संक्रमण, मृत्युपछि दिइयो जानकारी, राष्ट्रपति साइरिलले दिए धन्यवाद



पहिलोपोस्ट

नेल्सन मन्डेलाकी छोरीलाई कोरोना संक्रमण, मृत्युपछि दिइयो जानकारी, राष्ट्रपति साइरिलले दिए धन्यवाद
Matt Dunham/Associated Press

दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामफोसाले नेल्सन मन्डेलाको परिवारको तारिफ गरेका छन्। मन्डेलाको परिवारकी जिन्ड्जीको गत सोमवार निधन भएको थियो। जिन्ड्जी कोरोना भाइरस संक्रमित थिइन् भन्ने खबर सार्वजनिक गरेपछि उनको परिवार बारे राष्ट्रपतिले सकारात्मक टिप्पणी गरेका हुन्।

रामफोसाले परिवारले दिएको जानकारीले अन्य मानिसलाई अवस्था स्वीकार्न साहस दिने बताएका छन्। बीबीसीले जनाए अनुसार जिन्ड्जीको मृत्युको कारण भने खुलाइएको छैन। उनले ट्वीट लेखेका छन् – संक्रमण बारे जानकारी दिएकोमा मन्डेला परिवारलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। कोरोनाले हामी सबैको जीवनमा प्रभाव पारेको छ। त्यसैले, यस भाइरस वा भाइरस संक्रमित कसैका बारेमा पनि अफवाह फैलनु ठीक होइन।

राष्ट्रपति जिन्ड्जीस्वा मन्डेलाको दाहसंस्कारमा पनि पुगेका थिए।

५९ वर्षीया जिन्ड्जीस्वा नेल्सन मन्डेला र मन्डेलाकी दोस्री श्रीमती विनी माडिकिजेलाकी छैटौं सन्‍तान हुन्। उनी कुटनीतिज्ञ हुन्। केही समय डेन्मार्कका लागि दक्षिण अफ्रिकाको राजदूतका रुपमा पनि काम गरेकी थिइन्। उनी देशका विभिन्न सामाजिक अभियानहरूमा समेत सक्रिय रहिन्।

दक्षिण अफ्रिकामा हालसम्म ३ लाख २० हजार मानिसमा संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण ४ हजार ६ सय मानिसले ज्यान गुमाइसकेका छन्। त्यस्तै त्यहाँको सरकारले यस वर्षभर ५० हजार संक्रमितको मृत्यु हुने अनुमान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell