PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

पर्सामा तीन दिनभित्र दुई वटा बलात्कारका घटना : एक जना पक्राउ, दुई जना फरार



राधेश्याम पटेल

पर्सामा तीन दिनभित्र दुई वटा बलात्कारका घटना : एक जना पक्राउ, दुई जना फरार
प्रतीकात्मक तस्बिर।

वीरगंज : पर्सामा तीन दिनभित्र दुई बालिकाको बलात्कारको घटना सार्वजनिक भएको छ।

गएराति पर्साको जगरनाथपुर गाउँपालिकामा एक १५ वर्षीया बालिकाको बलात्कार भएको छ भने गत मंगलवार पनि पर्साको जिराभवानी गाउँपालिकामा एक १४ वर्षीया बालिकामाथि बलात्कारको घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिराभवानी गाउँपालिकाको बलात्कारको घटनामा बालिकाका एक छिमेकी १७ वर्षीय युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले जानकारी दिए। त्यसैगरी, जगरनाथपुरको घटनामा दुई जनाको संलग्नता रहेकोमा एक जनाले मात्र करणी गरेको पीडित बालिकाले पर्सा प्रहरीमा बयान दिएकी छन्।

घटनापछि दुवै जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। गएराति ती बालिकालाई दुई जनाले घरबाट उठाएर सुपौली गाउँको नजिक रहेको बगैँचामा लगी बलात्कार गरेका थिए।

अहिले बालिकाको मेडिकल जाँच गरी थप अनुसन्धान अघि बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell